Logo २३ भाद्र २०८३, मंगलबार | Wed Sep 9 2026


वालिङमा एक हप्ताका लागि ‘लकडाउन’


0
Shares

स्याङ्जा, मंसिर ५ । स्याङ्जाको वालिङ नगरपालिकालाई ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी अत्यावश्यकबाहेकका अन्य सम्पूर्ण सेवाहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय गरिएको छ ।

वालिङ नगरपालिकाले नगरपालिकाका १४ ओटै वडामा कोरोना संक्रमणको दर वृद्धि भएसँगै जोखिम न्यूनीकरणका लागि एक हप्ता बन्द गर्ने निर्णय गरेको हो ।

मंसिर ५ गते शुक्रबार राति १२ बजेदेखि नगर क्षेत्र एक हप्ताका लागि बन्द हुने भएको छ ।

वालिङस्थित गह्रौं प्राथमिक अस्पतालको ‘र्‍यापिड रेस्पोन्स टिम’ले वालिङमा कोभिड–१९ का बिरामीको संख्या बढ्दै गएकाले १० दिन बन्द गर्न सिफारिस गरेको आधारमा कार्यपालिकाले ‘जनस्वास्थ्य विपद्’ घोषणा गरी एक हप्ता बन्द गर्ने निर्णय गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले जानकारी दिनुभयो ।

बन्दाबन्दी सुरु भएदेखि असोजसम्म भारतलगायत तेस्रो मुलुकबाट आइ ‘क्वारेन्टिन’मा बस्नेहरुमा भन्दा कात्तिक महिनामा मात्रै संक्रमणको दर समुदायस्तरमा बढेकाले जनस्वास्थ्य विपद् घोषणा गरी बन्द गरिएको नगरप्रमुख खाँणले बताउनुभयो ।