उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता • Image Khabar Image Khabar


उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता


इमेजखबर
४ मंसिर २०७७, बिहीबार १६:०२

उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच सम्झौता

काठमाडौं, मंसिर ४ । नेपाल उद्योग वाणिज्य महासंघ र ब्रिटिस काउन्सिलबीच प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम कार्यक्रममा सहकार्य गर्ने सम्झौता भएको छ ।

महासंघले ब्रिटिस काउन्सिलसँग गत कात्तिक २७ गते ‘इम्प्लोयर लिड लेबर मार्केट सेक्रेटिअरिस्ट (ईएलएमएस)’ परियोजना कार्यान्वयन गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो ।

महासंघकी अध्यक्ष भवानी राणाले यस परियोजनामा १७ करोड ९० लाख रुपैयाँ बराबरको बजेटमा १४ महिने कार्यक्रम लागू हुने बताउनुभयो ।

परियोजनाले मुलुकको औद्योगिक विकासका साथै उद्योग प्रतिष्ठानका लागि आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउने, रोजगारी सृजना गर्ने, श्रमबजारसम्बन्धी तथ्यांकको विकास गर्ने कार्यमा सहयोग पुग्ने अध्यक्ष राणाले बताउनुभयो ।

परियोजनामार्फत् व्यावसायिक वर्गीकरण मानकको विकास तथा श्रमबजार सूचना प्रणालीको विकास गरिनेछ ।

परियोजनाका साझेदार व्यावसायिक संस्थाहरुमा नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, होटल संघ नेपाल र नेपाल निर्माण व्यवसायी महासंघ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्