Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड २८ लाख, एक चौथाइ नेपाली पहुँच बाहिर


0
Shares

काठमाडौं । नेपालमा संचार तथा सूचना प्रविधिको विकास तुलनात्मक रुपमा अन्य क्षेत्रको भन्दा छिटो भएपनि कूल जनसंख्यामध्ये २४ प्रतिशत अझैपनि इन्टरनेट सेवाबाट बन्चित छन् ।

नेपाल दुरसंचार प्राधिकरणको म्यानेजमेन्ट इन्फमेसन सिस्टम(एमआईएस) अनुसार कूल जनसंख्याको ७६.५८ प्रतिशतमा फिक्स्ड तथा मोबाइल ब्रोडब्याण्ड सेवा पुगेको छ ।

इन्टरनेट प्रयोगकर्ताको संख्या २ करोड २८ लाख नाघेको छ । बर्तमान सरकारले अघि बढाएका ‘डिजिटल नेपाल फ्रेमवर्क २०७६’ले सबै नेपालीलाई इन्टरनेट पहुँचमा पुर्याउने लक्ष्य राखेपनि हालसम्म अझै २४ प्रतिशत नेपालीमा कुनै प्रकारको इन्टरनेट पुग्न बाँकी रहेकाले नियामक निकाय तथा सेवा प्रदायकहरुले सेवा विस्तारमा जोड दिन जरुरी देखिएको सरकोकारवाला बताउँछन । कारोबार दैनिकबाट