Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


न्यूजिल्याण्डमा बन्यो संसारकै विविधिकृत संसद, आदिवासी समुदायकी नेतृ बनिन् परराष्ट्रमन्त्री


0
Shares

New zealand parliament diversity

एजेन्सी, मंसिर २ । संसारकै सबैभन्दा विविधिकृत (डाइभर्स) संसद न्यूजिल्याण्डमा बनेको छ । करिब ५० प्रतिशत सांसद महिला रहेको न्यूजिल्याण्डको संसदमा उसैगरी अरु विविधता पनि रहेको छ ।

संसारकै सबैभन्दा उन्नत प्रजातन्त्र रहेको दाबी गर्ने अमेरिकामा ८० वर्ष वरिपरी वृद्ध उमेरका दुई सेता पुरुष राष्ट्रपति बन्न संघर्ष गरिरहेका देख्नेका लागि पृथ्वीको तल्लो किनारको मुलुक न्यूजिल्याण्डले साँच्चिकै फरक सन्देश दिइरहेको छ ।

गएको महिना दोस्रो कार्यकालका लागि जासिन्दा अर्देर्नलाई भारी मतका साथ प्रधानमन्त्रीमा निर्वाचित गरेको न्यूजिल्याण्डले संसदमा पनि ४८ प्रतिशत सांसद महिला पुर्‍याएको हो ।

संसारकै उच्चतम समानुपातिक संसद बनाउन सफल न्यूजिल्याण्डमा १२० सदस्यीय संसदमा १३ जना अर्थात् ११ प्रतिशत सांसद त अल्पसंख्यक यौनिक समुदाय एलजिबिटीक्यूबाट बनेका छन् ।

७० प्रतिशत युरोपियन समुदायबाट ६३ प्रतिशत सांसद, १७ प्रतिशत माओरी समुदायबाट २१ प्रतिशत सांसद, १५ प्रतिशत एशियन समुदायबाट ७ प्रतिशत सांसद, ८ प्रतिशत प्यासिफिक समुदायबाट ९ प्रतिशत सांसद र अन्य ३ प्रतिशत समुदायबाट तीनै प्रतिशत सांसद संसदमा पुगेका छन् ।

आफूलाई खुला रुपमा गे बताउने ग्रान्ट रोबर्टसन उपप्रधानमन्त्री छन् भने पहिलो पटक माओरी समुदायकी नानैया माहुता आदिवासीका तर्फबाट परराष्ट्र मन्त्री बन्नुभएको छ ।

Skip This