नेपाली फुटबल टिम प्रशिक्षणमा व्यस्त • Image Khabar Image Khabar


नेपाली फुटबल टिम प्रशिक्षणमा व्यस्त


Imagekhabar
१ मंसिर २०७७, सोमबार १९:४२

नेपाली फुटबल टिम प्रशिक्षणमा व्यस्त

काठमाडौं, मंसिर १ । नेपाली राष्ट्रिय फटबल टिम बंगलादेशसँगको आफ्नो दोस्रो खेलका लागि प्रशिक्षणमा व्यस्त रहेका छन् ।

पहिलो खेलमा २-० गोल अन्तरले पराजित भएको नेपाली टोली दास्रो खेलमा जित्नै पर्ने दबावका साथ प्रशिक्षणमा जुटेको हो ।

नेपालले आफ्नो अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ ।

नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण थालिएको बताउनुभयो ।

पहिलो खेलमा भएका कमीकमजोरीहरुलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफुहरु रहेको उहाँले बताउनुभयो ।

कोभिडका कारण अभ्यास पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उहाँले बताउनुभयो ।

आगामी खेलमा पहिलो खेलमा देखिएको कमीहरुलाई सच्याउने पनि उहाँले बताउनुभयो ।

खेलाडीहरु पनि दोस्रो खेलका लागि उत्साहित रहेका छन् ।

टीममा केही नयाँ अनुहार हुनु र कोभिडका कारण पर्याप्त अभ्यास नभएकाले पहिलो खेलमा नतिजा आफ्नो पक्षमा नभएको उनीहरुको भनाई छ ।

शनिबार गरिएको कोरोना परीक्षणको रिपोर्ट पनि सबैको नेगेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्