सरकार परिवर्तनभन्दा स्थायित्व आवश्यक छ : मुख्यमन्त्री पोखरेल • Image Khabar Image Khabar


सरकार परिवर्तनभन्दा स्थायित्व आवश्यक छ : मुख्यमन्त्री पोखरेल


Imagekhabar
३० कार्तिक २०७७, आईतवार १८:२१

सरकार परिवर्तनभन्दा स्थायित्व आवश्यक छ : मुख्यमन्त्री पोखरेल

दाङ, कात्तिक ३० । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहिले सरकार परिवर्तन भन्दा स्थायित्व आवश्यक रहेको बताउनुभएको छ ।

आइतबार दाङको तुलसीपुर स्तिथत शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा बोल्दै उहाँले सरकार परिवर्तन जनताको हितमा नभएको बताउनुभएको हो ।

उहाँले सरकार फेरेपछि केही पाहिन्छ की भन्दै केही नेताहरु सरकार फेर्न लागिपरेको आरोप लगाउनुभएको छ ।

त्यसैगरी मुख्यमन्त्री पोख्रेलले देशमा संविधान जारी भएपछिको ३ बर्षमा धेरै प्रगती भएको ठोकुवा पनि गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्