पराजयपछि सार्वजनिक कार्यक्रममा ट्रम्प, अर्को अप्रिलसम्म कोरोनाविरुद्धको खोप उपलब्ध हुने दाबी • Image Khabar Image Khabar


पराजयपछि सार्वजनिक कार्यक्रममा ट्रम्प, अर्को अप्रिलसम्म कोरोनाविरुद्धको खोप उपलब्ध हुने दाबी


Imagekhabar
२९ कार्तिक २०७७, शनिबार १२:४६

पराजयपछि सार्वजनिक कार्यक्रममा ट्रम्प, अर्को अप्रिलसम्म कोरोनाविरुद्धको खोप उपलब्ध हुने दाबी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताउनुभएको छ ।

उहाँले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबैजना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गर्नुभएको समाचारमा जनाइएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शुक्रबार एक कार्यक्रममा सो कुरा बताउनुभएको प्राप्त समाचारमा जनाइएको छ ।

उहाँले आपूm हालैमात्र अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भएपछि पहिलो पटक यो सार्वजनिक रुपमा मन्तव्य दिनुभएको हो ।

यस मन्तव्यमा राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि बताउनुभएको थियो ।

त्यस कार्यक्रममा उहाँले भन्नुभएको थियो– आगामी अप्रिल महिनासम्ममा सबे जना अमेरिकी नागरिकलाई यो खोप दिइने छ र पहिलो चरणमा यो खोप कोरोना भाइरसको उपचारमा खटिने स्वास्थ्यकर्मीहरुलाई दिइने छ ।

त्यसपछि यहाँका बृद्धबृद्धाहरु र कोरोना भाइरसको जोखिममा रहेको समुदायका लागि यो खोप दिइने पनि राष्ट्रपति ट्रम्पले जानकारी दिनुभयो ।

पिफिजर कोभिड १९ खोप सबै अमेरिकी नागरिकलाई प्राप्त हुने भन्दै अमेरिकाको लगानीका कारण यो सबै सम्भव भएको पनि उहाँले बताउनुभयो ।

यसअघि पनि उहाँले सन् २०२१ को पहिलो चार महिनाभित्र नै अमेरिकी नागरिकले खोप प्राप्त गर्ने जानकारी दिनुभएको छ ।

निर्वाचनमा आफ्नो पराजयपछि आज उहाँले यो सम्बोधन गरिरहँदा हालै निर्वाचन परिणामको बारेमा भने कुनै प्रतिक्रिया नदिनुभएको बताइएको छ । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्