६ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025


बुर्तिवाङदेखि तमानखोलाको बोङ्गा दोभानसम्मको सडक निर्माण कार्य तिव्र गतिमा


0
Shares

बाग्लुङ, साउन १० । बाग्लुङको बुर्तिवाङदेखि तमानखोलाको बोङ्गा दोभानसम्मको सडक निर्माण कार्य तिव्र गतिमा अघि बढेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाईबाट भूकम्प प्रभावित क्षेत्रलाई राहत स्वरुप विनियोजन भएको १५ करोड ७९ लाख रुपैयाँको लागतमा सडक निर्माण गर्न थालिएको हो ।

आयोजना आगामी मंसिर मसान्तसम्म पुरा गर्ने लक्ष्य राखिएको छ । कालिका मेक कन्स्ट्रक्सनले जिम्मा लिएको उक्त सडक निर्माणको ८० प्रतिशत कार्य सम्पन्न भएको ओभरसियर सन्दीप श्रेष्ठले जानकारी दिए ।

यो बाटो निर्माण भएसँगै तमान गाउँपालिकाका स्थानीयलाई जिल्ला सदरमुकाम आउन सहज हुने छ ।