११ जेष्ठ २०८१, शुक्रबार | Fri May 24 2024


छिमेकी मुलुकसँग सैन्य साझेदारी गर्ने चीनको चाहना


0
Shares

काठमाडौं, साउन ९ । चीनले नेपालसहित छिमेकी मुलुकसँग सैन्य साझेदारी गर्न चाहेको जनाएको छ ।

चीनको राज्य परिषदको सूचना कार्यालयले बुधबार सार्वजनिक गरेको नयाँ युगमा चीनको राष्ट्रिय सुरक्षासम्बन्धी श्वेतपत्रमा यस्तो उल्लेख छ ।

चीनले सार्वजनिक गरेको रक्षा नीतिमा चिनियाँ जनमुक्ति सेना छिमेकी देशका सैन्य नेतृत्वसँग निकट सम्पर्कमा रहेको र यस क्रममा प्रत्येक वर्ष ४० भन्दा बढी दुई पक्षीय सैन्य भ्रमण भएको उल्लेख छ ।

श्वेतपत्र अनुसार सबैजसो छिमेकीसँग उच्चस्तरीय सैन्य आदानप्रदान भइरहेको र बढ्दो रणनीतिक र आपसी विश्वासका क्षेत्रमा चीनले योगदान दिइरहेको छ । –नागरिक दैनिकबाट