Logo १६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026


जिल्ला अस्पताल बझाङमा सबै सेवा बन्द


0
Shares

बझाङ, कात्तिक २४ । जिल्ला अस्पताल बझाङले आकस्मिकबाहेकका सबै सेवा बन्द गरेको छ ।

जिल्ला अस्पताल बझाङमा कार्यरत ७ जना कर्मचारीहरुमा कोभिड–१९ पोजेटिभ देखिएपछि आकस्मिक र प्रसुतिबाहेक सबै स्वाथ्य सेवा बन्द गरिएको हो ।

संक्रमितको दर अझै बढ्न सक्ने देखिएको हुँदा स्वास्थ्य सुरक्षाको दृष्टिकोणले अर्को ब्यवस्था नभए सम्मका लागि आकस्मिक तथा प्रसुतिबाहेक सबै सेवाहरु बन्द गर्नु परेको जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दीप ओखेडाले जानकारी दिनुभयो ।

बझाङमा हालसम्म ६ सय ६२ जना कोरोना संक्रमित देखिएका छन् ।

जसमध्ये ६ सय ८ जना संक्रमित निको भएर घर फर्किएको जिल्ला अस्पतालको तथ्याङ्कमा उल्लेख छ ।

संक्रमित ३ जनाको भने मृत्यु भएको छ । ५१ जना अझै सक्रिय संक्रमित छन् ।

उनीहरुको जिल्लाका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भैरहेको छ ।

Skip This