१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


ला लिगामा बार्सिलोनाकोे सहज जित


0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले सहज जित निकालेको छ ।

घरेलु मैदानमा गए राति सम्पन्न खेलमा बार्सिलोनाले १० खेलाडीमा सिमित रियल बेटिसलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । ओसुमाने डेम्बेले, एन्टोनियो ग्रिजम्यान र पेड्रीले एक एक गोल थपे ।

बेटिसका एन्टोनियो सानाब्रिया र लोरेन मोरानले एक एक गोल फर्काए । क्याम्प नाउमा डेम्बेलेले २२ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

जितसँगै बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । तेस्रो जित निकालेको बार्सिलोना आठौं स्थानमा समेत उक्लिएको छ । बेटिस ९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ । एजेन्सी