दुई वर्षमा सक्नुपर्ने पथलैया–वीरगन्ज व्यापारिक मार्ग पाँच वर्षमा पनि निर्माणकै चरणमा • Image Khabar Image Khabar


दुई वर्षमा सक्नुपर्ने पथलैया–वीरगन्ज व्यापारिक मार्ग पाँच वर्षमा पनि निर्माणकै चरणमा


इमेजखबर
२२ कार्तिक २०७७, शनिबार १७:५४

दुई वर्षमा सक्नुपर्ने पथलैया–वीरगन्ज व्यापारिक मार्ग पाँच वर्षमा पनि निर्माणकै चरणमा

बारा, कात्तिक २२ । दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्ने पथलैया–वीरगन्ज व्यापारिक मार्ग पाँच वर्षमा पनि निर्माणकै चरणमा रहेको छ ।

निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण व्यापारिक मार्ग विस्तार योजनाको छ लेन सडक समयमै निर्माण सम्पन्न हुन नसकेको हो ।

आयोजनाको तीन खन्डको जिम्मा पाएको पप्पु कन्सट्रक्सनका कारण निर्माणमा थप ढिलासुस्ती भएको हो ।

गत वर्ष स्थानीय प्रशासनले गरेको अनुगमनले पप्पु र युनाइटेड कम्पनीलाई काममा ढिलासुस्ती गरेको भन्दै जरिवाना तिराएको थियो ।

हालसम्म सडकको औसत निर्माण प्रगति ६० प्रतिशत रहेको छ । पटक–पटक म्याद थपिएपनि सम्झौताअनुसार सडक निर्माण नभएकोले निर्माण कम्पनीलाई कारबाही गरिने योजनाका प्रवक्ता विवेक झाले बताउनुभयो ।

वि.सं. २०७३ साल साउनबाट सुरु गरिएको योजनाको लागत करिब चार अर्ब रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्