
काठमाडौं, कात्तिक २१ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले राजीनामा दिने हुनुभएको छ ।
स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि उहाँले राजीनामा दिने सोच बनाउनुभएको क्रेमलिनलाई उद्धृत गर्दै पश्चिमा समाचार संस्थाहरुले जनाएका हुन् ।
बेलायतबाट प्रकाशित हुने ‘द सन’ पत्रिकाले सूत्रको हवाला दिँदै आफ्नो गिर्दो स्वास्थ्य अवस्थाका कारण पुटिनले पदत्याग गर्न लागेको जनाएको हो ।
पुटिनले आगामी वर्षको सुरुआतमै पद त्याग्ने सोच बनाएको दाबी गरिएको छ । ६८ वर्षीय पुटिन केही समययता पार्किन्सन्स रोगबाट सताइनुभएको छ ।
सन् २०२१ को सुरुआतबाटै उहाँले पद त्याग्नसक्ने दाबी ती सूत्रहरुको छ ।
२० वर्षदेखि लगातार सत्ताको शिखरमा रहनुभएका राष्ट्रपति पुटिनलाई आजीवन शक्तिमा रहन मिल्नेगरी केही समयअगाडिमात्रै संविधानसमेत संशोधन गरिएको थियो ।
पुटिनले रुसमा सबैभन्दा लामो समय शासन गर्ने स्टालीनको रेकर्ड यसै साता तोड्दै हुनुहुन्छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्