फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी • Image Khabar Image Khabar


फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी


Imagekhabar
२० कार्तिक २०७७, बिहीबार ०९:४०

फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी

पाँचथर । फिदिम नगरपालिकामा दुई हप्ताकालागि निषेधाज्ञा जारी गरीएको छ ।

समुदाय स्तरमा कोरोना फैलन सक्ने भन्दै रोकथाम तथा व्यवस्थापनका लागि दुई हप्ताका लागि निषेधाज्ञा जारी गरिएको बताईएको छ ।

फिदिम नगरपालिकामा हिजो बसेको बैंठकले दुई हप्ताका लागि बजारक्षेत्र, व्यवसाय, तथा शैक्षिक क्षेत्र बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख ओनाहाङ नेम्बाङले जानकारी दिनुभयो ।

फिदिम नगरपालिका–१ बजार क्षेत्रमा २४ जनामा गरिएको परीक्षणमा १४ जनामा पीसीआर रिपोट पोजेटिभ आएपछि निषेधाज्ञा गर्नु परेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्