ओखलढुंगाका २४ वटा विकास आयोजना अलपत्र, तत्काल पूरा गर्न निर्देशन • Image Khabar Image Khabar


ओखलढुंगाका २४ वटा विकास आयोजना अलपत्र, तत्काल पूरा गर्न निर्देशन


Imagekhabar
२० कार्तिक २०७७, बिहीबार ०८:४७

ओखलढुंगाका २४ वटा विकास आयोजना अलपत्र, तत्काल पूरा गर्न निर्देशन

ओखलढुंगा । संघ र प्रदेश सरकार मातहतका कार्यालयबाट ठेक्का लागेका ओखलढुंगाका २४ वटा विकास आयोजनाहरू अलपत्र परेका छन् ।

जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले ती रुग्ण प्रकृतिका विकास आयोजनाहरुको पहिचान गरेर अगाडि बढाउन निर्देशन दिएको छ ।

लामो समयदेखि निर्माण सम्पन्न नभएका रुग्ण प्रकृतिका आयोजनाहरु सडक, पुल र भवन रहेका छन् ।

पटक पटक निर्माण कार्यको सम्झौता अवधि थप गर्दै जाने लचिलो व्यवस्थाको दुरुपयोग गर्दै केही निर्माण व्यवसायीहरुले निर्माण कार्यमा ढिलासुस्ती, लापरवाही र अप्राकृतिक एवम् अनुचित वहानाबाजी गर्दै आएका कारण जिल्लाका ती आयोजनाहरु अलपत्र भएकाले यसमा कडाई गरिएको छ ।

विकास निर्माणमा लापरवाही गर्ने तथा समयमा निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गर्न गृहमन्त्रालयले समेत निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्