उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको मनोनयन दर्ता • Image Khabar Image Khabar


उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको मनोनयन दर्ता


इमेजखबर
१७ कार्तिक २०७७, सोमबार १६:०२

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानको मनोनयन दर्ता

काठमाडौं, कात्तिक १७ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि किशोर प्रधानले मनोनयन दर्ता गर्नुभएको छ ।

यसअघि, उम्मेदवारी घोषणा गर्दै उहाँले आफू २८ वर्षयता उद्योग, वाणिज्य क्षेत्रमा काम गरिरहेको र महासंघलाई मन्दिर सम्झेकाले पनि उम्मेदवारी घोषणा गरेको बताउनुभएको थियो ।

सबै व्यावसायिक समस्याहरुको समाधान गर्न आफ्नो समूह सक्षम रहेकाले पनि मतदाताले आफूलाई विजयी बनाउने विश्वास प्रधानले व्यक्त गर्नुभयो ।

उहाँले देशको अर्थतन्त्र जोगाउनका लागि पनि महासंघलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताउनुभयो ।

प्रधान समूहबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एसोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

प्रधान समूहलाई हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाकोसमेत साथ रहेको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ ।

गत चैतमा हुनुपर्ने महासंघको ५४औं साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्