Logo ३१ भाद्र २०८२, मंगलबार | Wed Sep 17 2025


जिपी फाउन्डेसन अमेरिकाद्वारा १ सय १५ जनालाई अवार्ड प्रदान


0
Shares

न्युयोर्क । गिरिजा प्रसाद कोइराला फाउण्डेशन(जिपी फाउन्डेसन) अमेरिकाले समाजप्रति क्रियासिल सन् २०२०, मार्च अन्तिम साताबाट जुलाई अन्तिमसम्म कोभिड–१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने १ सय १५ जनालाई विभिन्न अवार्डबाट सम्मान गरेको छ ।

फाउण्डेसनले कोरोना संक्रमणकालमा राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा लागेका फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा लाई गिरिजा प्रसाद कोइराला फाउण्डेशनकि केन्द्रीय अध्यक्ष एंव पुर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले कोभिड–१९ च्याम्पियन अफ च्याम्पियन्स अवार्ड र फाउण्डेसनका उपाध्यक्ष सुवर्ण लामालाई कोभिड १९ हिरो भोलियन्टियर अफ भोलियन्टर्स अवार्डबाट सम्मान गर्नुभएको छ ।

कोभिड १९ हिरो भोलियन्टियर अवार्डबाट अध्यक्ष सोमनाथ घिमिरे, उपाध्यक्ष सुवर्ण लामा, सह–कोषाध्यक्ष पुनम राना मल्ल, केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रिय सदस्यहरु क्रमशः रामचन्द्र अधिकारी, प्रेम पौडेल, सुर्य सिमखडा, केन्द्रिय सदस्य तथा महिला संयोजक दावा शेर्पा, समाजसेवि रेखा श्रेष्ठ, कोभिड(१९ का जीवन रक्षक लिला राई लगायतका १ सय १५ जनालाई शनिबार एक भव्य कार्यक्रमको आयोजना गरी कोभिड १९ हिरोज अवार्डबाट सम्मान गरिएको हो ।

गत मार्च १५ (महिला दिवस) का अवसरमा दिइने भनिएको अवार्डहरु पनि शनिबार दिइएको थियो । सो अवार्डहरु भने लकडाउनका कारण वितरण गरिएको थिएन ।

सम्मान पत्रहरु न्युयोर्क राज्यका सेनेटरद्वय जोन सि. ल्यु र लेरोय कामरी, कांग्रेस वुमेन ग्रेस मेङ, न्युयोर्क राज्यका ऐसेमब्ली मेम्बर माईकल डेनडेक्कर, न्युयोर्क सिटिकी काउन्सील मेम्बर ऐड्रियन अडाम्स, न्युयोर्क राज्यका ऐसेम्बली मेम्बर डेभिड वेपरिनहरुबाट जम्मा गरी ५५ वटा सम्मान पत्रहरु थिए ।

साथै फाउण्डेशनको तर्फवाट भोलियन्टियर्सलाई साठी वटा सम्मान पत्रले सम्मान गरिएको थियो । सम्मानित व्यक्तिहरुलाई मेम्बर अफ न्युयोर्क एसेम्ली डिष्ट्रिक्ट ३४ डेमोक्रेट नोमिनी जेसिका गोन्जालेज रोजासले वितरण गरिन् ।

सम्मानित हुने पत्रकारहरु मा क्रमशः बि.के.नेवा, अजयबावु सशवाकोटी, अमृत पाण्डे, बिजय थापा, बिजयराम पौडेल, आङ छिरिङ शेर्पा, बिष्णु पौडेल, श्याम लामा, छबिलाल बगाले, कृष्ण रेग्मी, केपी भट्ट, बिपिन निरौला, मनिषा लामिछाने, दिपक परीयार, सुनिता शर्मा कोइराला, गौतम ढकाल, युवराज गौतम लगायत थिए ।

त्यस्तै महिला समाजसेवीहरु क्रमशः फाउण्डेशनकी केन्द्रीय सदस्य एवं अग्रज नेत्री शारदा क्षेत्री, रमा शिवाकोटी, सुल्तना खनाम, कविता महवुवा, डा. पल्लभी पटेल, न्यान्सी क्लाइन, पुनम राना मल्ल र मुना भण्डारीहरु थिए । साथै फिपनाका सभामुख राजकुमार बिष्ट, फिपनाका अध्यक्ष लोक चेमजोङ, युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाकी अध्यक्ष मुना राई र यसै संस्था न्युयोर्क च्याप्टरका अध्यक्ष केशवराम राई, नेजससअका उपाध्यक्ष अनन्तराज सुवेदी, एनआरएन अभियन्ता बिष्णु राना मगर, नेका नेत्री कमला पन्त, न्युयोर्क, एनआरएन न्युयोर्कका अध्यक्ष रामहरि अधिकारी, शेर्पा किदुगका संस्थापक अध्यक्ष सोनम जी शेर्पा, ग्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, फिपनाकी कोशाध्यक्ष चोन्जोम लामा लगायतलाई सम्मान गरिएको थियो।

सम्मान कार्यक्रम अमेरिका र नेपालको राष्ट्रिय गानबाट सुरु भएको थियो र लगत्तै नेपालका ख्यातिप्राप्त कलाकारद्वय शंकर विसी र गिता राईको दमदार नेपाली नृत्यको प्रस्तुति रहेको थियो भने न्युयोर्कबासी नेपालीहरुको मनमा बस्न सफल चर्चित कलाकार वसन्ती राईको नृत्यले त झन नेपालनै सम्झाएको थियो ।

संघ सस्थाहरुमा शेर्पा किदुग, फिपना, युनाइटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका, ग्याल्सुम्दो सेवा संस्था अमेरिकालाई फाउण्डेशनले सम्मान गरेको थियो।

सो कार्यक्रममा रोजासले जोखिमपूर्ण अवस्थामा पनि आफ्नो समुदायको लागि खट्नु आफैँमा उत्साहजनक कार्य भएको बताइन् । उनले कोरोनाको जोखिमका बेला पनि नेपाल र अमेरिकामा रहेका नेपालीको चासो राख्दै सहयोग गरेकोमा फाउण्डेसनलाई धन्यवाद दिइन। उनले आगामी दिनमा पनि फाउण्डेसनसँग सहकार्य जारी रहिरहने प्रतिवद्धता जनाइन।

कोभिड–१९ हिरोज सम्मान कार्यक्रम गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा आदीवासी जनजाति महासंघ फिप्नाका संघीय परिषदका सभामुख राजकुमार विष्ट, शेर्पा किदुङका अध्यक्ष उर्गेन शेर्पा, जिपी कोइराला फाउण्डेसनका बरिष्ठ केन्द्रिय सदस्य शारदा क्षेत्री, रुपान्तरण अनलाइनका प्रधान सम्पादक अंकुर लुइँटेल लगायतले अफ्ठेरो परिस्थितीका बेला सहयोग गर्नु नै मानवीय धर्म भएको बताए ।

सम्मान कार्यक्रममा उपस्थित सबै जनालाई फाउण्डेसनका केन्द्रिय सदस्य तथा समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामाले धन्यवाद ज्ञापन गरिन ।

केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड–१९ को महामारीको चपेटामा परेका नेपालीहरुलाई फाउण्डेशनले आफ्नो तर्फवाट सक्दो सहयोग गर्दै आएको छ।

फाउण्डेशनले हालसम्म लगभग पचास हजार बक्स भन्दा बढी खाद्यान्न र पचपन्न हजार ग्यालन भन्दा बढी शुद्व दुध विभिन्न संघसंस्थाहरु एंव विभिन्न समुदायका लगभग दस हजार भन्दा बढी मानिसहरु माझ वितरण गरि सकेको फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनुभयो ।