
कैलाली । कैलालीमा २ लाख ५१ हजार नगद सहित २९ जना जुवाडे पक्राउ परेका छन ।
जिल्लाको जोशीपुर गाउँपालिका स्याउलेबाट २ लाख ५१ हजार ४ सय नगद सहित २९ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम क्षेत्रिय अनुसन्धान समूह आरआइटी र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा अधिकांश स्थानीय व्यापारी छन् ।
प्रतिक्रिया दिनुहोस्