उपत्यकामा १८८८ सहित ३५१७ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो • Image Khabar Image Khabar


उपत्यकामा १८८८ सहित ३५१७ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो


Imagekhabar
१४ कार्तिक २०७७, शुक्रबार १६:३८

उपत्यकामा १८८८ सहित ३५१७ जना कोरोना संक्रमित थपिए, संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो

काठमाडौं, कात्तिक १४ । पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५१७ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा प्रयोगशालामा १४९८९ जनाको पीसीआर परीक्षण गर्दा ३५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा १८८८ जना कोरोना संक्रमित भएका छन् ।

काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जना संक्रमित थपिए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४०९६ जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या १२८९५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्