तास खेलिरहेको अवस्थामा छजना समातिए • Image Khabar Image Khabar


तास खेलिरहेको अवस्थामा छजना समातिए


इमेजखबर
११ कार्तिक २०७७, मंगलवार २०:२८

तास खेलिरहेको अवस्थामा छजना समातिए

तेह्रथुम, कात्तिक ११ । तेह्रथुममा प्रहरीले तास खेलिरहेको अवस्थामा छजनालाई नियन्त्रणमा लिएको छ ।

म्याङलुङ नगरपालिका-१ स्थित जर्नी गेस्टहाउसबाट तास खेलिरहेको अवस्थामा म्याङलुङ-१० बस्ने ४७ वर्षीय रत्नबहादुर दमाईंलगायत छजनालाई सोमबार साँझ प्रहरीले पक्रेको हो ।

उनीहरुको साथबाट नगद ९० हजार ५४५ रुपैयाँ र तास बरामद गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्