Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


बडादशैंमा राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना सन्देशः ‘स्वास्थ्य सुरक्षालाई ध्यान दिनुहोस’


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बद्र्वन गर्न आह्वान गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले बडादशैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड –१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दशैँ मनाउन आग्रह गर्नुभएको हो ।

यस पर्वले अन्याय, अत्याचार, र रोगव्याधिको अन्त्य गर्दै, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको छ ।

उता उपराष्ट्रपति नन्दबहादुर पुनले पनि दशैँलाई कोरोना भाइरस सङ्क्रमण थप फैलने माध्यम बन्न नदिन र मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिन सबैमा अपिल गर्नुभएको छ ।

विजया दशमीका अवसरमा आज शुभकामना दिँदै उहाँले कोरोना महामारीका कारण यस वर्षको दशैँ विगत वर्षको जस्तो उल्लासमय वातावरणमा मनाउने अवस्था नरहेकाले सबैले जहाँ छौँ त्यहीँ अवस्थामा घरमै बसेर मनाउनेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।