६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024


‘मुम्बई हमला’ का योजनाकार भनिएका हाफिज सईद गिरफ्तार


0
Shares

इस्लामावाद, साउन १ । भारतको मुम्बईमा भएको आतंकवादी हमलाका मुख्य योजनाकार भनिएका हाफिज सईदलाई पाकिस्तान प्रहरीले गिरफ्तार गरेको छ ।

उनी पाकिस्तानको पञ्जाव राज्यस्थित आतंकवाद निरोधी विभागको एउटा मुद्दामा गिरफ्तारीबाट बच्नका लागि जमानत लिन गइरहेको समयमा पक्राउ परेका हुन् ।

पक्राउलगत्तै उनलाई लाहोरस्थित कोट लखपत जेलमा पठाइएको अधिकारीहरुले जनाएका छन् ।

भारतले उनी मुम्बई हमलाका मुख्य योजनाकार रहेको दावी गर्दै आएको छ । पाकिस्तानले भने उनलाई आतंकवादका लागि आर्थिक स्रोत जुटाइरहेको आरोपमा गिरफ्तार गरेको हो ।

पञ्जावका राज्यपाल शाहबाज गिलका प्रवक्ताले भने, ‘प्रतिबन्धित संस्थाहरुका लागि चन्दा संकलन गरिरहेको आरोप उनीमाथि लागेको थियो ।’ (एजेन्सी)