Logo २९ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 14 2026


दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका नलगाई दिने


0
Shares

काठमाडौं, कात्तिक ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष दशैँको महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्न शक्ति पीठमा दर्शन तथा विजयादशमीको दिन इच्छुक महानुभावलाई टीका प्रदानको कार्यक्रम स्थगन गर्नुभएको छ ।

विगतमा दशैँमा उक्त परम्परा रहेकोमा यस पटक विश्वव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोना भाइरस (कोभिड १९) का कारण उक्त सबै कार्यक्रम नहुने राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले शुक्रबार जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । रासस