गण्डकीमा ४२ जना कोरोना संक्रमित थपिए • Image Khabar Image Khabar


गण्डकीमा ४२ जना कोरोना संक्रमित थपिए


Imagekhabar
७ कार्तिक २०७७, शुक्रबार १५:२६

गण्डकीमा ४२ जना कोरोना संक्रमित थपिए

गण्डकी, कात्तिक ७ । गण्डकी प्रदेशमा शुक्रबार बिहानै थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार ३०९ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।

निर्देशनालयको अद्यावधिक विवरणअनुसार थपिनेमा नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) का २१, बाग्लुङका नौ, म्याग्दीका तीन, तनहुँ, गोरखा र लम्जुङका दुई÷दुई, पर्वत, कास्की र स्याङ्जाका एक÷एकजना छन् ।

सङ्क्रमित सबैको आइसोलेसन व्यवस्थापनको तयारी भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्