दैलेखमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते • Image Khabar Image Khabar


दैलेखमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते


Imagekhabar
४ कार्तिक २०७७, मंगलवार १७:२५

दैलेखमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु, १५ घाइते

दैलेख, कात्तिक ४ । दैलेखमा २ वटा सवारी साधन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

गुराँस गाउँपालिकाको जिरो पोइन्ट नजिक बान्द्रे भन्ने ठाउँमा टिप्पर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जना गम्भिर घाइते भएका छन ।

घाइतेलाई उपचारको लागि सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।

टिप्पर सडकबाट करीब ३ सय मिटर तल लोहिरे खोलामा खसेको छ ।

मृत्यु हुनेको सनाखत भएको छैन । यस्तै सुर्खेतबाट दैलेखको जम्बुकाँध जाँदै गरेकोे यात्रुबाहक बस तल्लो डुङ्गेश्वरमा दुर्घटना हुँदा चालकको मृत्यू भएको छ ।

मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिकाका ललित नेपाली रहेका छन् ।

बसमा सवार १४ यात्रु घाइते भएका छन् ।

तिमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्