प्यूठानमा बस दुर्घटना, चालकको मृत्युु • Image Khabar Image Khabar


प्यूठानमा बस दुर्घटना, चालकको मृत्युु


Imagekhabar
४ कार्तिक २०७७, मंगलवार १२:१६

प्यूठानमा बस दुर्घटना, चालकको मृत्युु

प्युठान । प्यूठानमा बस दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ ।

माण्डवी गाउँपालिकाको तिरामबाट दाङतर्फ जादै गरेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिकाको गोलबाङमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको हो ।

दुर्घटनामा परी बसका चालक तारा रानाको मृत्यु भएको हो । दुर्घटनामा माण्डवी – १ तिरामका गोकर्ण अधिकारी, लक्ष्मी खत्री र दाङको बंगलाचुली गाउँपालिकाकी बसन्ता बिक गम्भिर घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागी दाङ पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्