ताप्लेजुङका भाडाका सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन स्टिकर • Image Khabar Image Khabar


ताप्लेजुङका भाडाका सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन स्टिकर


Imagekhabar
२ कार्तिक २०७७, आईतवार १०:३५

ताप्लेजुङका भाडाका सवारी साधनलाई कारवाहीको दायरामा ल्याउन स्टिकर

ताप्लेजुङ । ताप्लेजुङमा भाडाका सवारी साधन भित्रै सवारी नम्बरसहितको स्टिकर राख्न थालिएको छ ।

चाडपर्वका समयमा यात्रुहरु माथी हुने दुव्र्यवहार र बढी भाडा असुली गर्ने गरेको गुनासो बढेपछि सवारी साधनभित्र स्टिकर राख्न थालिएको हो ।

जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी र यातायात व्यवसायीको आपसी समन्वयमा स्टिकर राख्न थालिएको हो ।

यात्रुबाट बढी भाडा लिएको, दुव्र्यवहार भएको लगायतका गुनासो आउन थाले पछि कारबाहिको दायरामा ल्याउन अभियान सुरु गरिएको ट्राफिक प्रहरी इन्चार्ज दिपक दुलालले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न ग्रामिण भेगमा चल्ने र लामो दूरीका सबै सवारी साधनमा चढ्दा सवारी साधनको नम्बर समेत ख्याल गर्न र ठगी लगायतका क्रियाकलाप भएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्