शिव र ब्रम्हाजी आएपनि तत्काल पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव छैन : कृषिमन्त्री • Image Khabar Image Khabar


शिव र ब्रम्हाजी आएपनि तत्काल पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव छैन : कृषिमन्त्री


इमेजखबर
३० आश्विन २०७७, शुक्रबार १६:२४

NCP agriculture minister ghanashyam bhusal KP oli Pushpakamal dahal

काठमाडौं, असोज ३० । कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान् शिव र ब्रम्हाजी आएपनि पाँच लाख मेट्रिकटन मल ल्याउन सम्भव नभएको टिप्पणी गर्नुभएको छ ।

४०औं विश्व खाद्य दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री भुसालले अहिले ल्याउन खोजिएको पाँच लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताउनुभएको हो ।

उहाँले तत्काल पाँच लाख मेट्रिकटन मल ल्याउन भगवान् शिव वा ब्रम्हा आएपनि नसक्ने टिप्पणी गर्नुभयो ।

कोलकाताको पोस्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताउनुभयो ।

मन्त्री भुसालले अहिलेकै तौर–तरिकाले नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको उल्लेख गर्नुभयो ।

कृषि व्यवस्थाको परिवर्तकाबारेमा कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको उहाँको भनाइ थियो ।

प्राविधिकहरुले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको मन्त्री भुसालले बताउनुभयो ।

कार्यक्रममा ‘लकडाउन’ तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरुलाई मन्त्री भुसालले सम्मान गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्