
काठमाडौं, असार २८ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कर तिर्न बाँकी व्यवसायीले समयमै कर तिरे १० प्रतिशत छुट दिने बताएका छन् ।
शनिबार काठमाडौंमा भएको भोटेबहाल तयारी पोसाक उत्पादक तथा विक्रेता संघको कार्यक्रममा उनले कुनैपनि व्यवसायीले समयमै कर तिरे सुरुको करमा १० प्रतिशत छुट दिने र जरिवाना पनि नलगाउने बताए ।
यस्तै, पार्किङ शुल्क पनि घटाउने मेयर शाक्यले बताए ।
उनले आउँदो साउनबाट लागू हुनेगरी मोटरसाइकलका लागि प्रतिघन्टा १५ रुपैयाँ कायम गरिने बताए । हाल उपभोक्ताले प्रतिघन्टा २५ रुपैयाँ तिर्दै आएका छन् ।
गाडीको पार्किङ शुल्क ५० रुपैयाँ बनाइने उनले बताए ।
राष्ट्रिय व्यवसायी महासंघका महासचिव अन्जान शाक्यले भन्सारको झन्झटिलो प्रक्रियाले सामान आयातमा असहज भएको भन्दै सहजीकरणका लागि पहल गरिदिन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्