
काठमाडौं, असोज २८ । सरकारले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ ले तोकेकै अवधिबाट विज्ञापनरहित (क्लिन फिड) प्रसारण लागू गर्ने तयारी गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले बुधबार विज्ञप्ति जारी गर्दै आउँदो कात्तिक ७ गतेबाटै क्लिन फिड लागू गर्ने तयारी रहेको उल्लेख गर्नुभएको छ ।
सरकारले सम्बद्ध सबै संघ-संस्थालाई तोकिएकै मितिबाट क्लिन फिड लागू गर्न निर्देशनसमेत दिएको छ ।
गत वर्ष संघीय संसदबाट पारित विज्ञापन (नियमन गर्ने) ऐन २०७६ कात्तिक ८ गते प्रमाणीकरण भएको थियो ।
मन्त्रालयले क्लिन फिड प्रसारण नभए कानुनअनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्