बाग्लुङमा अत्यावश्यक बाहेकका सेवा बन्द • Image Khabar Image Khabar


बाग्लुङमा अत्यावश्यक बाहेकका सेवा बन्द


Imagekhabar
२५ आश्विन २०७७, आईतवार २०:१०

बाग्लुङमा अत्यावश्यक बाहेकका सेवा बन्द

बाग्लुङ, असोज २५ । बाग्लुङमा समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि सावधानीका लागि नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ ।

नगरपालिकामा संक्रमणको उच्च जोखिममा रहेकाले कार्यालयबाट प्रवाह हुने सेवा तथा कार्यक्रम संचालन बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजालले जानकारी दिनुभयो ।

बाग्लुङ उद्योग वाणिज्य संघले भने उद्योग कलकारखाना, होटल रेष्टुरेन्ट, पसलहरुमा स्वास्थ्य सुरक्षा मापदण्डमा कडाईका साथ पालना गर्न आग्रह गरेको छ ।

बाग्लुङमा हालसम्म ८ हजार ७२२ जनाको परीक्षण गर्दा ५सय २५ जनामा संक्रमण देखिएको छ ।

ती मध्ये ३६७ जना डिस्चार्ज भएका छन् भने १ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्