१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सशस्त्र प्रहरीको १८ सय जवान पदमा जागिर खुल्यो


0
Shares

काठमाडौं। सशस्त्र प्रहरीमा नयाँ जागिर खुलाएको छ । शसस्त्रले साधारण समूह तथा उपसमूहतर्फ जवान पदमा नयाँ भर्ना खुलाएको हो।

सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखा, काठमाडौंले १ हजार ८ सय ३३ जना जवानका लागि भर्ना खुलाएको हो।

खुलातर्फ ९ सय ८८, अमर/अशक्त सशस्त्र प्रहरीका सन्तति २०, समावेशीतर्फ महिला १ सय ६५, आदिवासी जनजाति २ सय ६४, मधेसी २ सय ३१,दलित १ सय २४, पिछडिएको क्षेत्रका लागि ४१ जनाको भर्ना खुलाइएको जारी सूचनामा उल्लेख छ ।

योग्यता पुगेकाले स्वयम उपस्थित भएर आफुलाइ पायक शसस्त्रको कार्यालयहरुमा दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ। असोज २४ गते १० बजेदेखि कात्तिक २३ गते ५ बजेसम्म बुझाउन सकिनेछ।

बिस्तृतमा हेर्नुहोस