लेबनानमा तेल ट्यांकर बिस्फोट हुँदा चार जनाको मृत्यु, २० घाइते • Image Khabar Image Khabar


लेबनानमा तेल ट्यांकर बिस्फोट हुँदा चार जनाको मृत्यु, २० घाइते


Imagekhabar
२४ आश्विन २०७७, शनिबार ०७:१५

लेबनानमा तेल ट्यांकर बिस्फोट हुँदा चार जनाको मृत्यु, २० घाइते

काठमाडौं । लेबनानाको राजधानी बेरुतमा तेल ट्यांकर बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

तारिक अल जिद्दे जिल्लामा ट्यांकरमा अचानक आगो लागेपछि बिस्फोट भएको प्रत्यक्षदर्शीलाई उधृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

साँघुरो सडकमा भएको बिस्फोटलगत्तै आगोको मुस्लो फैलिएको बताइएको छ ।

बिस्फोटका आवाजले नजिकै रहेका घरका झ्यालका सिसाहरु फुटेको बताइएको छ ।

गत अगस्तमा बन्दरगाह क्षेत्रमा आणविक प्रशोधन केन्द्रमा विस्फोट हुँदा दुईसय भन्दा बढीको मृत्यु भएको थियो ।

घटनाको बारेमा अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुले जनाएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्