नवलपरासीका विद्यालयहरु धमाधम खुल्न थाले • Image Khabar Image Khabar


नवलपरासीका विद्यालयहरु धमाधम खुल्न थाले


Imagekhabar
२१ आश्विन २०७७, बुधबार १३:१४

नवलपरासीका विद्यालयहरु धमाधम खुल्न थाले


नवलपरासी । नवलपरासीका बिद्यालय धमाधम खुल्न थालेका छन् ।

पढाईको वैकल्पिक माध्यम प्रभावकारी नभएपछि नवलपरासीका सामुदायिक र निजी विद्यालयहरु धमाधम खुल्न थालेका हुन् ।

सामाजिक दुरी र स्वास्थ्य मापदण्डको पालना गर्दे विद्यालय सञ्चालन गरीएको हो ।

स्थानीय तहहरुले पनि मापदण्ड अपनाएर कक्षा सञ्चालनको अनुमति दिएपछि विद्यालयहरु खुल्न थालेका हुन् ।

पढाई सुचालु हुन थालेपछि अभिभावकहरु पनि विद्यार्थी भर्ना गर्न जान थालेका छन् । यस भन्दा अघि विद्यालयहरुले स्थानीय रेडियो, टिभी र इन्टरनेटबाट पठन पाठन सुरु गरेका थिए ।

अधिकांश ग्रामीण क्षेत्र रहेको जिल्लामा इन्टरनेटको समेत भरपर्दो पहुँच नभएपछि कक्षा संचालन गरीएको महेन्द्र मावि सरावलका प्रधानाध्यापक धनीराम विकले बताउनुभयो ।

कक्षा सञ्चालन गरेका विद्यालयहरुले फरक बारमा फरक फरक कक्षाका विद्यार्थीहरुलाई बोलाएर पठन पाठन सुरु गरेका हुन् ।

केही स्थानीय तहहरुले मास्क र साबुन उपलब्ध गराएर जोर बिजोर प्रणालीमा विद्यालय सञ्चालनको अनुमति दिएका छन् ।

जिल्लामा २ सय ४ वटा सामुदायिक र १ सय ३२ संस्थागत गरी ३ सय ३६ विद्यालय छन् ।

प्रतिक्रिया दिनुहोस्