Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


डडेल्धुरामा धान उत्पादनमा वृद्धि


13
Shares

डडेल्धुरा, असोज २० । डडेल्धुराका अधिकांश कृषकहरुले मुख्य खाद्य बाली धान भित्र्याउन थालेका छन् ।

किसानहरुलाई खेतमा धान काट्नेदेखि चुटेर थन्क्याउने काममा व्यस्त हुन थलेका हुन् ।

मौसमले साथ दिएकाले यो वर्ष घटाल, सकायल, र भित्रिमधेश लगायत बिभिन्न क्षेत्रमा धानको उत्पादन राम्रो भएको छ ।

९० प्रतिशत भन्दा बढी जनसंख्या कृषिमा निर्भर डडेल्धुरामा गत वर्ष १९ हजार मेट्रिक टन बढी धान उत्पादन भएकोमा यस वर्ष धान उत्पादन १२ प्रतिशतले बृद्धि हुने संभावना रहेको डडेल्धुरा कृषि ज्ञान केन्द्रले जनाएको छ ।

डडेल्धुराका परशुराम नगरपालिका, गन्यापधुरा गाउँपालिका, नवदुर्गा गाउँपालिका र भागेश्वर गाउँपालिकामा धान खेती गरिन्छ ।