मकवानपुरमा सुमो दुर्घटना, ३ जनाको मृत्यु • Image Khabar Image Khabar


मकवानपुरमा सुमो दुर्घटना, ३ जनाको मृत्यु


Imagekhabar
१८ आश्विन २०७७, आईतवार १५:५३

मकवानपुरमा सुमो दुर्घटना, ३ जनाको मृत्यु

मकवानपुर, असोज १८ । मकवानपुरको भिमफेदी कुलेखानी सडकखण्ड अन्तर्गत भिमफेदी गाउँपालिका वडा नम्बर ६ चिसापानीगढी नजिक सुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १ बालकसहित ५ जना घाइते भएका छन् ।

हेटौँडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ४१०६ नम्बरको दक्षिणकाली यातायातको सुमो दुर्घटनामा परेको हो ।

घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्