१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


अजरबैजानका तीनओटा जेट विमान खसालिदिएको अर्मेनियाको दाबी


0
Shares

यारेभिन (अर्मेनिया), असोज १७ । नागार्नो–काराबाख क्षेत्रमा जारी भिडन्तकाक्रममा शनिबार बिहान अजरबैजानका तीनओटा फाइटर जेट विमान झारदिएको अर्मेनियाले जनाएको छ ।

अर्मेनियाली रक्षा मन्त्रालयले शनिबार बिहान ती विमान झारिएको जानकारी गराएको हो ।

यसअघि, अर्मेनियाले अजरबैजानले तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो ।

उक्त क्षेत्रमा सुरु भएको भिडन्तकाक्रममा तीन हजारभन्दा बढी सैनिक गुमाएको जनाएको थियो । त्यसपछि जेट विमान झारिएको यो पछिल्लो जानकारी आएको हो ।

अर्मेनियाको रक्षा मन्त्रालयले शनिबार बिहान यहाँको स्थानीय समयानुसार अजरबैजानको जेट विमानलाई खसालिएको जनाएको हो ।

उक्त विज्ञप्तिमा यहाँको रक्षा मन्त्रालयले भनेको छ–’शनिबार बिहान करिब ८ः२५ तिर एक र ८ः४६ तिर अरु दुईओटा गरी हामीले शत्रुका तीनओटा जेट विमान खसालिदिएका छौं ।’

रक्षा मन्त्रालयका प्रवक्ता सुसन स्टेपानियानले फेसबुक पेजमा सो कुरा लेख्नुभएको छ । उहाँले उक्त क्षेत्रको दक्षिणी भू-भागमा आएका ती विमानहरु खसालिएको जनाउनुभएको छ ।

सो क्षेत्रमा शनिबार बिहान पनि द्धिपक्षीय भिडन्त जारी नै छ ।