 
	    अर्घाखाँची । अर्घाखाँचीमा प्रमुख जिल्ला अधिकारी सहित ६ जनामा कोरोना पुष्टि भएको छ ।
पुष्टि हुनेमा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल ,सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापा ,दुई जना स्वास्थ्य क्रमी रअन्य दुई जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ ।
यस्तै प्रमुख जिल्ला अधिकारी पौडेलले आफु लाई कोरोना पुष्टि भएको बताउनु भएको छ ।
प्रशासन कार्यालयमा दुई जना सहायक प्रमुख जिल्ला मध्ये एक जना सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना पुष्टि भएको र एक जना लाई कोरोना पुष्टि नभएकोले प्रशासन बाट हुने काम नरोकिने बताउनु भएको छ।
जिल्लामा हाल सम्म ४ सय ७ जना कोरोना संक्रमित मध्ये कोरोना निको भएर ३सय ८ जना डिस्चार्ज भएका छ्न् । अब सक्रीय कोरोना संक्रमित संख्या १४ रहेको छ ।
कोरोनाका कारण जिल्ला भर ४ जनाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले जानकारी दिनुभयो ।
भारत तथा छिमेकी जिल्लाबाट स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १ सय २० रहेको छ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्