सुर्खेत विमानस्थल विस्तारका लागि प्राधिकरणबीच सम्झौता • Image Khabar Image Khabar


सुर्खेत विमानस्थल विस्तारका लागि प्राधिकरणबीच सम्झौता


Imagekhabar
१५ आश्विन २०७७, बिहीबार २०:२७

सुर्खेत विमानस्थल विस्तारका लागि प्राधिकरणबीच सम्झौता

काठमाडौं, असोज १५ । सुर्खेत विमानस्थलको विस्तार र स्तरोन्नतीका लागि कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको छ ।

संघीय सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नतिका लागि सम्झौता भएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र कर्णाली प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

कार्यक्रममा मन्त्री भट्टराईले अबदेखि कुनैपनि नेपाली एयरलाइन्सले आन्तरिक उडानको इजाजत लिदा दुर्गममा पनि अनिवार्य उडान गर्ने प्रत्याभुति दिनुपर्ने व्यवस्था गरिएको बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले अवको केहीदिन भित्रैमा विस्तृत अध्ययन गरी सुर्खेत विमानस्थल विस्तारको कुल लागत निकाल्ने बताउनुभयो ।

सम्झौतामा सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाई १५ सय मिटर सम्म विस्तार तथा स्तरोन्नती गरी प्रदेशस्तरीय हव विमानस्थलको विकास गर्न दुवै पक्ष मन्जुर रहेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्