१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


गाउँमै गएर कक्षा सञ्चालन


0
Shares

सर्लाही । हरिपुर नगरपालिकाले आफ्नो नगरभित्रको सबै गाँउमा गएर कक्षा सञ्चालन गर्न थालेको छ ।

कोरोनाका कारण गत चैतदेखि विद्यालय बन्द हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएपछि गाउँगाउँमा गएर कक्षा सञ्चालन गर्न थालिएको हो ।

लामो समयदेखि कक्षा सञ्चालन नहुँदा विद्यार्थीको पढ्ने बानीमा ह्रास आउने भएकाले यस्तो कक्षा सञ्चालन गर्नुपरेको नगरपालिकाले जनाएको छ ।

हाल हरिपुर नगरभित्र रहेको १५ सामुदायिक विद्यालय र ७ मदरसा गरी करीब एक सय स्थानमा सिकाइ केन्द्र बनाएर कक्षा सञ्चालन भइसकेको नगरपालिकाले जनाएको छ ।

लकडाउनबाट प्रभावित भएको शिक्षा क्षेत्र धेरै दिनपछि सञ्चालन हुँदा खुशी लागेको अभिभावकको भनाइ छ ।

लामो समयसम्म विद्यालय बन्द गर्नुभन्दा शिक्षक तथा विद्यार्थी दुवैको समय अनुकुल मिलाएर घरमा कक्षा सञ्चालन गर्न थालेका हुन् ।