नागपुजे पहिरोपीडित ८४ घर परिवारलाई काँग्रेसको राहत • Image Khabar Image Khabar


नागपुजे पहिरोपीडित ८४ घर परिवारलाई काँग्रेसको राहत


Imagekhabar
१५ आश्विन २०७७, बिहीबार ०९:०४

नागपुजे पहिरोपीडित ८४ घर परिवारलाई काँग्रेसको राहत

सिन्धुपाल्चोक । नेपाली काँग्रेस जिल्ला कार्य समिति तथा काँग्रेस र यसमा आबद्ध भातृसंस्थाका नेताहरुले नागपुजे पहिरो पीडितलाई खाद्यान्न्लगायत राहत वितरण गरेका छन् ।

बाह्रबिसे नगरपालिका ७ नागपुजे, भीरर्खक र विकगाउँका पहिरो पीडित ८४ परिवारलाई बुधबार काँग्रेसले नगद, खाद्यन्न, भाँडाकुडाँ, सोलार, कपडालगायतका सामाग्री सहयोग गरेको छ ।

नेपाली काँग्रेस पूर्व जिल्ला सभापति भूपेन्द्र थापाका अनुसार मृतक परिवार र पहिरोबाट अति प्रभावित २६ परिवारलाई चार हजार नगद, एक बोरा चामल, दाल, तेल, नुन, सोलार, भाँडाकुडाँ, पोलारलगायतका सामाग्री सहयोग गरेको हो ।

त्यसैगरी काँग्रेसले पहिरोपीडित बच्छलादेवी माविका विद्यार्थीलाई ट्रयागसुटसमेत वितरण गरेको थियो ।

प्राकृतिक विपत्तिले सिन्धुपाल्चोकलाई बर्षैपिच्छे पीडा दिएको र यसबर्ष पनि बाढीपहिरोले ठूलो संख्यामा जनधनको क्षति भएको हुंदाँ काँग्रेस र यसका भातृसंस्थाहरु जनताका पीडामा संधै साथमा रहने सभापति बिकास लामाले बताउनुभएको छ ।

पीडामा परेकाहरुको उद्धार, राहत र पुर्नस्थापनाका निम्ति राज्यका सबै निकायहरुलाई कर्तव्यनिष्ट हुन काँग्रेसले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्