सेरेना फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश • Image Khabar Image Khabar


सेरेना फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश


Imagekhabar
१३ आश्विन २०७७, मंगलवार ०७:३६

सेरेना फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश

काठमाडौं । सेरेना विलियम्स फ्रेन्च ओपनको दोस्रो चरणमा प्रवेश गरेकी छिन् ।

गएराति भएको खेलमा सेरेनाले छैटौं वरियताकी क्रष्टी आनलाई सोझो सेटमा हराएर दोश्रो चरणमा प्रवेश गरेकी हुन् ।

यी दुइबीच भएको खेलमा पहिलो सेट प्रतिस्पर्धात्मक रहेपनि दोस्रो सेट सेरेनाले सजिलै हासिल गर्न सफल भइन् ।

पहिलो सेट ७–६ ले जितेकी सेरेनाले दोस्रो र तेश्रो सेटमा क्रमश ७–३, ६–० ले जित निकाल्दै खेल आफ्नो पक्षमा पारिन् ।

सेरेनाले अब दोश्रो चरणका खेलमा बुल्गेरियाका स्भेटाना पिरन्कोभासँग प्रतिस्पर्धा गर्नेछिन् ।

सेरेनाले हालसम्म २३ एकल ग्रान्डस्लामको उपाधि जितिसकेकी छन् ।

सन् २०१७ को अस्ट्रेलियन ओपन जितेयता सेरेनाले कुनैपनि एकल ग्रान्डस्लाम हात पार्न सकेकी छैनन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्