आइतबार सूर्य देवको पुजा गरे आदर र सम्मान मिल्ने, दोष नाश हुने • Image Khabar Image Khabar


आइतबार सूर्य देवको पुजा गरे आदर र सम्मान मिल्ने, दोष नाश हुने


Imagekhabar
१२ आश्विन २०७७, सोमबार ०७:२८

आइतबार सूर्य देवको पुजा गरे आदर र सम्मान मिल्ने, दोष नाश हुने

काठमाडौं । धार्मिक मान्यता अनुसार आइतबारको दिन सूर्य देवको पुजा गर्ने दिनको रुपमा मानिन्छ ।

आइतबार सूर्य देवतालाई पूजा गर्नाले समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ ।

सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ ।

आइतबारको दिन बिहान सबेरै उठेर नुहाउने र कुनै मन्दिर गई भगवानको दर्शन गर्ने चलन छ ।

त्यसपछि सूर्यदेवलाई जल चढायो भने कुण्डलीमा भएको दोष नाश हुन्छ ।

पूजामा सूर्य देवलाई मनपर्ने रातो फूल, रातो चन्दन , गुडहलको फूल, र चामल चढाउनुपर्छ ।

साथै गुड वा गुडबाट बनेको मिठा पनि चढाउनु पर्छ ।

प्रतिक्रिया दिनुहोस्