Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


कतारबाट नेपालका लागि दैनिक तीनवटा नियमित उडान हुने


78
Shares

दोहा कतार(जिएनएनएन) । आगामी अक्टोबर १ तारिखबाट खाडी राष्ट्र कतारबाट नेपालका लागि दैनिक तीन वटा नियमित उडान हुने भएका छन् ।

नेपाली राजदूतावास दोहा कतारले एक सूचना जारी गर्दै उक्त कुराको जानकारी गराएको हो ।

सूचनामा जनाइए अनुसार एक तारिख अर्थात् असोज १५ बाट दैनिकरूपमा दोहाबाट नेपाल, हिमालयन तथा कतार एयरवेजले एक एक उडान गर्नेछन् ।

अब कतारबाट नेपाल जान चाहने यात्रुहरूले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरूबाट टिकट लिएर कोभिड–१९ को पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको रिर्पोट नेगेटिभ उल्लेख भएको प्रमाणपत्रको सक्कलप्रति लिएर सिधै उडान गर्न पाउने भएका छन् ।

साथै दूतावासको फाराम भर्नु नपर्ने र यसअघि फाराम भरिसकेका व्यक्तिले समेत सिधै सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरेर उड्न पाउने छन् ।

असोज १५ बाट नेपाली राजदूतावासले कुनै प्राथमिकता सूचि प्रकाशित नगर्ने भएको छ ।

दोहाबाट भएको ४७ औं सहजीकरण उडानबाट ८ महिला सहित १४७ जना नेपाल फर्किएका छन् ।