पाल्पा पहिरो : बेपत्तामध्य ४ जनाको शव भेटियो • Image Khabar Image Khabar


पाल्पा पहिरो : बेपत्तामध्य ४ जनाको शव भेटियो


Imagekhabar
९ आश्विन २०७७, शुक्रबार २०:०४

पाल्पा पहिरो : बेपत्तामध्य ४ जनाको शव भेटियो

पाल्पा, असोज ९ । पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता भएका ६ मध्ये ४ जनाको शव भेटिएको छ ।

बिहीबार एकजना र शुक्रबार बिहान तीनजना गरी चारजनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक मदन गिरीले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएर हराइरहेका ६३ वर्षीय हुमबहादुर गाहा र उनकी श्रीमती ४७ वर्षीया धनीसरा गाहाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण बिहीबार गएको पहिरोमा फोक्सिङकोट सुरुमडाँडामा एक र बेलौजाका तीन घर पुरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्