२ भाद्र २०८२, सोमबार | Mon Aug 18 2025


गोली हानेर चार लाख ६३ हजार लुटियो


0
Shares

भैरहवा, असार १७ । रुपन्देहीको गैडहवामा अज्ञात समूहले गोली प्रहार गरेर मंगलबार चार लाख ६३ हजार रुपैयाँ लुटेको छ ।

गैडहवा ताल सरसफाइ समितिको रकम लिएर आएकी गैडहवा गाउँपालिका–४ की रेशमकुमारी मल्लको साथबाट रकम लुटिएको प्रहरीले जनाएको छ ।

लुम्बिनीस्थित कृषि विकास बैंकबाट पैसा लिएर फर्कंदै गर्दा दुईजनाको समूहमा मोटरसाइकलमा आएका व्यक्तिले गोली चलाएर लुटेको प्रहरीले बताएको छ ।

लुटेराले हानेको गोली टेम्पोको टायरमा लागेको थियो ।

लुटेराहरुको खोजीकार्य र घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्मराज भण्डारीले जनाए ।