
पोखरा, असार १७ । अवैधरुपमा पोखरामा बस्दै आएका एक रुसी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पर्यटन प्रहरी कार्यालयको टोलीले नागरिकता, राहदानीलगायत कागजातबिना बस्दै आएका निकोलाय ओलेगबीच भोर्नोभलाई पोखरा–६, खहरेबाट पक्राउ गरेको हो ।
पर्यटकीयस्थल लेकसाइडमा माला, क्युरियोलगायत सामग्री बेचबिखन तथा अन्य गतिविधिमा संलग्न रहेका उनलाई प्रहरीले आवश्यक कारबाहीका लागि अध्यागमन कार्यालय पोखरालाई बुझाएको थियो ।
उनलाई मंगलबारै अध्यागमन विभाग काठमाडौं पठाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्