व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न राष्ट्र बैंकको निर्देशन • Image Khabar Image Khabar


व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न राष्ट्र बैंकको निर्देशन


Imagekhabar
३१ भाद्र २०७७, बुधबार २०:३७

व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, भदौ ३१ । नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवधिक कर्जामा स्थिर ब्याजदर कायम गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै आगामी असोज मसान्तभित्रै स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले केही समय पहिले जारी गरेको ‘एकीकृत निर्देशिका २०७७’ मा उल्लेख भएको स्थिर ब्याजदरसम्बन्धी व्यवस्थाबमोजिम सोही समयभित्र कार्यान्वयन गर्न भनेको हो ।

बुधबार जारी गरिएको परिपत्रमा असोज मसान्तभित्रै एकीकृत निर्देशिका २०७७ मा गरिएको व्यवस्थाअनुसार कर्जा अवधिभर परिवर्तन नहुने गरी तोकिने स्थिर ब्याजदर निर्धारण तथा प्रकाशन गर्नु पर्ने उल्लेख छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयन गर्न जारी गरेको एकीकृत निर्देशिकामा समेत सो कुरा उल्लेख छ ।

सोही अनुसार असोज मसान्तभित्रै पुराना ऋणीको समेत ब्याजदर स्थिर हुनुका साथै व्यक्तिगत कर्जा लिनेले पनि सोही सुविधा पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्