बर्नमाउथको क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित « Image Khabar


बर्नमाउथको क्रिस्टल प्यालेसमाथि संघर्षपूर्ण जित


Imagekhabar
३१ भाद्र २०७७, बुधबार ०९:५२

काठमाडौं । बर्नमाउथले क्रिस्टल प्यालेसमाथि पेनाल्टी सुटआउटमा रोमाञ्चक जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

जारी इंग्लिस फुटबल लिग कपमा खेलको निर्धारित समयमा कुनैपनि गोल नभएपछि पेनाल्टी सुटआउटमा ११–१० को गोलअन्तरले बर्नमाउथ विजयी भएको हो ।

त्यसअघि पहिलो हाफमा साम सरिजले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा बर्नमाउथ अग्रता लिनबाट चुकेको थियो । उनी अफसाइड देखिएका थिए ।

बर्नमाउथले अर्काे चरणमा म्यानचेस्टर सिटीको सामना गर्नेछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्