फरवार्ड औवामियाङले गरे आर्सनलसँग तीन वर्षको नयाँ सम्झौता « Image Khabar


फरवार्ड औवामियाङले गरे आर्सनलसँग तीन वर्षको नयाँ सम्झौता


Imagekhabar
३१ भाद्र २०७७, बुधबार ०७:४६

काठमाडौं । इंग्लिस क्लब आर्सनलका फरवार्ड पेरिक एम्रिक औवामियाङले क्लबसँग नयाँ सम्झौता गरेका छन् ।

गावोनका फरवार्ड औवामियाङले आर्सनलसँग तीन वर्षको नयाँ सम्झौता गरेका छन् । नयाँ सम्झौतासँगै औवामियाङ सन् २०२३ सम्म क्लबमा रहने छन् ।

३१ वर्षीय फरवार्डले आकर्षक तलबसहित आर्सनलसँग सम्झौता नवीकरण गरेका हुन् । औवामियाङको आर्सनलसँगको सम्झौता करिब १० महिना बाँकी रहेको थियो ।

तर, सम्झौता नसकिदै आर्सनलले औवामियाङसँग नयाँ सम्झौता गरेको हो ।

सन् २०१८ मा बोरुसिया डर्टमण्डबाट आर्सनल आएका उनले सिजनको पहिलो खेलमै गोल गरिसकेका छन् ।

फूलहमसँगको पहिलो खेलमा ३–० को जित निकाल्दा उनले एक गोल गरेका थिए । गत सिजन आर्सनलले एफए कपको उपाधि जित्दा औवामियाङले दुई गोल गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्